९ महिना जेल बसेर निस्केकी थिइन् बालिकाको गहना चोर्ने श्रेष्ठ

पाेखरा | पुस २६, २०८०

९ महिना जेल बसेर निस्केकी थिइन् बालिकाको गहना चोर्ने श्रेष्ठ

पोखरा:  कास्की प्रहरीले बालबालिकाको गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका ६ घर भई हाल पोखरा महानगरपालिका ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छिन् ।

 

प्रहरीका अनुसा उनले गत २० गते शितलादेवी स्कुलबाट ६ वर्षकी बालिकालाई फकाएर कानमा लगाएको सुनको मुन्द्रा र निजको घरमा रहेको भुड्कीको पैसा चोरी गरी फरार थिइन् । 

 

 

त्यसपछि उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । उनले यसअघि पनि १२ जना महिला तथा बालबालिकाहरुलाई ललाई फकाई गरी सुनका गरगहनाा चोरी गरेको कसूरमा ९ भुक्तान गरेकी थिइन् भने जरिवाना स्वरुप २८ हजार रुपैयाँ तिरेकी थिइन् । 

 

फेरी पक्राउ परेकी उनीमाथि  कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
 
 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

थप पढ्नुहोस्